काठमाडौं । काठमाडौंमा हैजाका बिरामी फेला परेका छन् । काठमाडौं महानगरपालिकाका एक विरामीको दिसा परीक्षण गर्दा हैजाको जीवाणु फेला परेका हुन् । उनलाई लगातार झाडापखाला भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि भर्ना गरिएका थिए ।
उनको दिसाको नमूना संकलन गरी शुक्रराज अस्पतालको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा हैजाका जीवाणु फेला परेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ ।
हैजाको जीवाणु दर्षित पानी सेवनका कारण हुने स्वास्थ्यकर्मीले बताएका छन् ।