बुवाको किरिया नगरेको भन्दै एक परिवार गाँउ निकाला

कानून विपरितको कार्य

बारा । नेपाली समाजमा कानून विपरितका धेरै घटनाहरु घट्दै आएका छन् । जुन दण्डनिय हुँदा हुँदै पनि समाजको केहि ब्यक्तीहरुले त्यस्तो हर्कत गरिरहेका हुन्छन् । बारा जिल्लामा यस्तै कानून विपरितको कार्य गाँउलेहरुले गरेका छन् ।
बुबाको पुरै किरिया नगरेको भन्दै सुवर्ण गाउँपालिका–६ धरमपुरस्थित एक परिवारलाई गाँउलेले सामाजिक वहिष्कार नै गरेका छन् ।
स्थानिय ६१ वर्षीय अनुठा यादवको निधनपछि उनका छोराहरु अवधेश र पप्पले हिन्दु संस्कारअनुसार पुरै किरिया नगरेको भन्दै उनिहरुलाई गाँउले सामाजिक वहिष्कार गरेका हुन ।

अनुठाका दुबै छोराहरुले कपाल काटेनन् र हिन्दु संस्कारअनुसार पुरै किरिया पनि गरेनन् । उनीहरुको परिवारले अपनाइँदै आएको कविरापन्थी परम्पराअनुसार सात दिनमै बुबाको काजकिरिया भने गरेको उनिहरुले बताएका छन् ।

हिन्दु संस्कारअनुसार पुरै काजकिरिया नगरेपछि गाउँका केही अगुवाले गाउँले भेला बोलाई यादव परिवालाई सामाजिक बहिष्कार गर्ने निर्णय गरेका थिए । त्यसपछि यादवको ९ जनाको परिवार चार दिनदेखि गाउँ छाडेर हेटौँडाको कमानेमा बस्दै आएका छन् ।

नेपालको कानुन अनुसार यसरि कसैलाई पनि सामाजिक वहिष्कार गर्ने अधिकार छैन् ।

कुनै अपराध गरेको भए कानून अनुसार कारवाही गर्ने निकाय छ । तर, शान्तीपुर्वक बस्न पाउनु पर्ने ब्यक्तीको मानवअधिकार नै हनन हुनेगरी गरिएको सामाजिक वहिष्कार आफैमा कानून विपरित रहेको मानवअधिकारकर्मीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार