अचेल हरेक दिनजसो अखबारका पानाहरूमा आउने बलात्कारका खबरले जो–कसैलाई विरक्त बनाउन थालेको छ । अझ स–साना नानीहरूको आफ्नै घर वा नातागोताका पुरुषले बलात्कार गरेको कुरा असह्य र ह्दयविदारक लाग्छन् । यतिसम्म निच काम गर्न सक्ने त्यो बलात्कारीको मनोदशा कस्तो होला रु एउटा नाबालक जसको यौनअंगकै राम्रोसँग विकास भएको छैन उसलाई बलात्कार गर्ने साहस र कुकृत्यको कल्पनासम्म कसरी गर्न सकेको होला रु खैर बलात्कार चाहे नाबालकको होस् वा वालिगको त्यो सह्य र क्षम्य कुरा होइन । बलात्कारी पुरुष हुन सक्ला, तर सबै पुरुष बलात्कारी होइनन् । कोही अपराधी निस्किएलान् तर केहीले गरे भन्दैमा समग्र समाजलाई नै सत्तोसराप गर्नु पनि न्यायसंगत होइन ।
हाम्रो समाज कसरी यस्तो रोगी भयो रु किन आफ्नै बाउ, दाजुभाइ, मामा, काका बलात्कारी भएर निस्किरहेछन् रु के उनीहरू मानसिक रोगी हुन् रु यदि होइन भने उनीहरू कसरी यति निच हुन सक्छन् रु समाजमा यौनलाई कसरी हेरिन्छ रु समाजमा यौनलाई दमन गरिएको छ कि छैन रु यौनसुखका अरू तरिका वा विधिका सम्बन्धमा समाज कति जानकार छ रु यौनकर्म पाप हो कि सामान्य प्रक्रिया हो रु यौन फोहोरी कुरा हो कि सफा कुरा हो रु हामीमध्ये कति बाहिर राम–राम भित्र काम–काम भनेर हिंडछौं रु यौनलाई हेर्ने सवालमा किन हाम्रो मापदण्ड दोहोरो छ रु यौनका बारेमा खुलेर कुरा गर्न हामी किन हच्किन्छौं रु हामी कहिलेसम्म यसरी नै ढोंगी भएर हिंडिरहन्छौं र ?
एउटा जवान युवक वा युवतीलाई यौनसम्पर्क गर्न मन लाग्नु कुनै अनौठो कुरा होइन । कतिले आफ्नो जोडी आफैं खोज्छन् र अनुकूल समय मिलाएर सम्वन्ध राख्छन् । विवाहितलाई यौनसम्बन्ध राख्न समाजले लाइसेन्स दिएको छ, एद्यपि अविवाहित जोडीले सम्बन्ध राखेको थाहा पाए उनीहरूलाई राम्रो नजरले हेरिँदैन । जसरी प्रेम प्रस्ताव कसैले कसैलाई राख्न सक्छ तर स्वीकार गर्नैपर्छ भन्ने हुँदैन, त्यसैगरी एकले अर्कोलाई यौनको प्रस्ताव पनि राख्न सकिन्छ र राख्न पाइन्छ, तर स्वीकार गर्ने–नगर्ने त्यो अर्को पक्षको अधिकारको कुरा हो, तर यदि इन्कार गरेको खण्डमा दोहोर्याएर सताउन थाल्छ भने त्यो यौनहिंसा वा कसैको व्यक्तिगत अधिकारमाथिको हनन हो । कसैलाई एकफेर सभ्य तरिकाले प्रस्ताव राख्ने अधिकार सबैलाई छ, तर बाध्य पार्ने अधिकार कसैलाई छैन । यदि कसैले नमानेको खण्डमा जबरजस्ती गर्छ वा फन्दामा पारेर फाइदा लिन्छ भने त्यो बलात्कार हो जुन अपराधसिवाय केही होइन । नाबालकलाई फकाईफुल्याई वा जबरजस्ती गर्नेहरू त सोझै अपराधी वा मानसिक रोगी हुन् भन्दा फरक पर्दैन ।
आफ्ना बालबालिकालाई स्कुल जाने बेलादेखि नै यौन शिक्षा दिन सके यौन अपराधमा केही कमी ल्याउन सकिन्छ । कतिपय बेला स्कुलमै पनि शिक्षकहरूद्वारा वा घरमा आफन्तहरूद्वारा माया गरेको बहानामा नावालकहरूमाथि यौन हिंसा भैरहेको हुन्छ । आफ्ना नानीबाबुहरूलाई कसैले यसरी माया गर्न थाल्यो भने राम्रो हो, यसरी गर्यो भने नराम्रो हो भनेर सिकायो भने उनीहरू पनि सचेत हुन्छन् । तिमीहरूलाई स्कुलमा शंका लाग्यो भने घरमा भन्नु र घरमा शंका लाग्यो भने स्कुलमा भन्नु भनेर प्रशिक्षित गर्न सके घरभित्र, समाजमा वा जुनसुकै आवरणमा लुकेर बसेका यौनपिपासुहरूको पहिचान बेलैमा हुन सक्छ ।
इन्टरनेटको जमाना छ । अभिभावकले पनि सजिलो हुन्छ भनेर उमेर नपुग्दै छोराछोरीको हातमा मोबाइल, ल्यापटप आदि थमाइदिएका छन् । आफूलाई झिझो पनि नलाउने छोराछोरी पनि भुलिने भनेर यो सजिलो माध्यम जो–कसैले अपनाएको पाइन्छ । यद्यपि छोराछोरी त्यसमा के गर्दैछन्, के हेर्दैछन्, के सिक्दैछन्, कोसँग संगत गर्दैछन् अभिभावकहरूलाई पत्तो हुँदैन । समस्या परिसकेपछि बल्ल होस आउँछ । यो कुरामा पनि अभिभावकहरू चनाखो हुनुपर्छ । मोबाइल र इन्टरनेट हतियारजस्तै भैसकेका छन्, जसरी चलायो त्यस्तै नतिजा प्राप्त हुन्छ । राम्रो कुरा यी–यी हुन्, यस्ता कुरा हेर्नु भनेर सिकाए राम्रो र ज्ञानवद्र्धक कुरामा लाग्न सक्छन,् अन्यथा बाटो बिराएको थाहा नहुन सक्छ । त्यसैले पटक–पटक अभिभावकले छोराछोरीका गतिविधि र चालढालको अध्ययन गर्नुपर्छ अर्थात् उनीहरूमाथि निरन्तर निगरानी राख्न सक्नुपर्छ ।
यौन नराम्रो कुरा हो भन्नुभन्दा पनि यौन सम्बन्ध राख्न योग्य उमेर यो हो, यौन सम्बन्धलाई यसरी सुरक्षित तुल्याउनुपर्छ भनेर सिकाउनु बुद्धिमत्ता हुन्छ । नगर भनेको काम गर्न मन लाग्नु मानिसको स्वभाव हो । यौनशिक्षाको सबैभन्दा बढी आवश्यकता किशोरावस्थामा रहेका छोराछोरीलाई हुन्छ । शरीरमा हार्मोनको विकासले गर्दा यौन अंगहरूको विकास हुने, यौनको खुल्दुली र चाहना बढ्ने यही बेला धेरैले बाटो बिराउने सम्भावना हुन्छ । बालक वा किशोरलाई दाजु वा बुबाले र बालिका वा किशोरीलाई आमा, दिदी वा नजिकका कसैले राम्रोसँग शिक्षा दिन सके वा पढ्ने, हेर्ने, सिक्ने कुरा दिन सके बेस हुन्छ ।
यौन नारी–पुरुष दुवैको अधिकार हो तर बलात्कार गर्ने छुट कसैलाई छैन । यौन के हो बुझौं । घरघरमा यौनका सम्बन्धमा खुलेर कुरा गरौं । हामीजति खुल्छौं र पाखण्डी हुन छोड्छौं त्यति नै यौन अपराध कम हुँदै जान्छ । यौन कसैले कसैलाई जबरजस्ती गर्ने कुरा हुँदै होइन । साभार– कान्तीपुर साप्ताहिक