काठमाडौं । नवगठित समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकारले आगामि आर्थिक बर्षका लागि ल्याउन लागेको बजेट स्पष्ट नभएको बताएका छन् । सरकारले आर्थिक बर्षको बजेटका प्राथमिकता र सिद्धान्तमा बैचारिक अलमल रहेको उनको दाबी छ ।
आइबार आगामि आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथि प्रतिनिधिसभाको बैठकमा भएको छलफलमा बोल्दै उनले यसबाट लाभ लिन सक्ने कुरा उल्लेख नगरिएको र खाली कर्मकाण्ड मात्रै भएको दाबी गरेका हुन्।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्राईले आगामि आर्थिक बर्षको बजेट आधा निन्द्रामा लेखिएको उपन्यास जस्तो भएको टिप्पोणी गरे । व्यापार घाटा बढेको अवस्थामा निर्यातमा सुधार आएको विषय सत्य नभएको उनको दाबी थियो ।
सन् २०३० अगावै दीगो विकास लक्ष्य हासिल गर्ने लक्ष्य राम्रो भएपनि त्यसको आधार स्पष्ट नभएको उनले बताए । अर्थतन्त्रको समस्याको संरचनात्मक कारण खोज्न ध्यान दिन उनले सुझाव दिए ।