काठमाडौं । बुधबार साताको चौथो दिन सुनको मूल्यमा गिरावट आएको छ । साताको दोस्रो दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार एक हजारले बढेको थियो भने बधुबार फेरी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छापवाला सुनको मूल्य बुधबार चार सय रुपैयाँले घटेर ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
तेजाबी सुनको मूल्य पनि चार सय रुपैयाँले घटेर ६० हजार तीन सय रुपैयाँमा कारोबार भएको छ। मंगलबार तेजाबी सुन प्रतितोला ६० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेर सात सय २५ रुपैयाँमा कारोबार भएको छ । प्रति १० ग्राम चाँदीको मूल्य ६ सय २१ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।