भोजपुरमा आगलागि, आगाे नियन्त्रण कार्य जारी

भोजपुर । भोजपुरको सदरमुकाम नजिकैको बस्तीमा आगलागि भइरहेको छ । भोजपुर नगरपालिका वडा नं. ७ स्थित बरवोट टोलमा बिहीबार दिउँसो १ बजेदेखि आगलागी भएको हो ।

ओगो स्थानीय बखत श्रेष्ठको घरबाट शुरु भएको हो । एक घरबाट सुरु भएको आगो धेरै घरमा समेत फैलिएको स्थानीयले बताएका छन् ।

आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय वासिन्दा खटिएका छन् । सडक साँघुरो भएका कारण भोजपुर नगरपालिकाको दमकल आगलागि भएको ठाउँ सम्म पुग्न समस्या भएको छ ।

खाना पकाउने ग्यासको सिलिण्डरहरु पड्किदा आगलागि भएको हो । आगो स्थानीयबासीले पानीको पाइबाट नियन्त्रण गरिरहेका छन् । आगो एक दुई घर हुदैं पुरै टोलसम्म फैलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार