बाल हेल्पलाइन नेपालको एप संचालनमा, २४ औं घण्टा सेवा

बालबालिकाको जोखिम न्युनिकरणमा टेवा पुग्ने विश्वास

काठमाडौं । सिविन नेपालद्धारा संचालित बाल हेल्पलाईन नेपाल १०९८ को मोबाइल एप संचालनमा आएको छ । आइतबार काठमाडौमा एक कार्यक्रमको आयोजनागरी अन्तराष्ट्रिय बाल हेल्पलाइन दिवसको अवसरमा एप संचालनमा आएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले एपको शुभारम्भ गरेकी हुन् ।

एपको शुभारम्भ गर्दै मन्त्री थापाले जोखिममा रहेका बालबालिकालाई उद्धार गर्न एपले सहयोग गर्ने कुरामा विश्वास व्यक्त गरिन । सरोकारवाला निकाय सबै मिलेर देशैभरी जोखिम अवस्थामा रहेका बालबालिकाको उद्धार र अधिकार संरक्षणका लागि सबै लाग्न मन्त्री थापाले आग्रह समेत गरिन ।

हेल्पलाइन जस्तै मोवाइल एपमार्फत जोखिममा परेका बालबालिकालाई उद्धारका साथै दुव्र्यवहार भएकोबारे सजिलै थाहा पाउन एपमार्फत सहयोग पुग्ने बाल हेल्पलाईन नेपालले जनाएको छ ।

मोवाइलमा एप डाउनलोड गरी आवाजमार्फत भन्न नसकेका समस्याहरुको रिर्पोट लेखेर सुरक्षित राख्न पनि एपले ठुलो सहयोग गर्नेछ । यसका साथै आफ्नो गाउँ घरमा बालबालिकामाथि कुनै पनि किसिमको दुव्र्यवहार भएको थापा पाउने वित्त्तिकै एम मार्फत रिर्पोट गर्न सकिने सिविनले जनाएको छ ।

हिंसा र जोखिममा परेका बालबालिकाको नाम र ठेगाना गोप्य राखिने भएकाले त्यस्तो भइरहेको थाहा पाउने वित्तिकै जो कोहीले पनि १०९८ मा फोन गरेर जानकारी गराउन सक्ने समेत सिविनले जनाएको छ ।

सिविनले २१ वर्ष अघि संचालनमा ल्याएको बाल हेल्पलाइन सेवालाई प्रभावकारी बनाउनका लागि नेपाल सरकार, महिला बालिबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, केन्द्रिय बाल कल्याण समिति, बाल हेल्पलाइन राष्ट्रिय निर्देशन समिति, जिल्ला समिति र अन्य गैर सरकारी संस्थाहरुले समन्वय गरेर काम गरीरहेका छन् ।

‘प्रत्येक बालबालिकाको आवाज हुन्छ’ भन्ने नाराका साथ यसबर्षको अन्तराष्ट्रिय बाल हेल्पलाइन दिवस बाल हेल्पलाईन संचालन भएका विश्वका १४६ देशमा विभिन्न कार्यक्रमगरी मनाइएको छ ।

बाल हेल्पलाइन सेवा नेपालका १२ वटा जिल्लामा संचालन भइरहेको सिविनले जनाएको छ । बाल हेल्पलाइन काठमाडौं लगायत मोरङ्ग, मकवानपुर, बाँके, कास्की र कैलालीमा सिविन नेपालद्धारा संचालन भइरहेको छ भने, सर्खेतमा आवाज नेपाल, चितवनमा दियालो परिवार, उदयपुरमा नेस्पेक, सुनसरीमा बाल आवाज, दैलेखमा समाजिक सेवा केन्द्र र बाजुरामा पिसविन नेपालले संचालन गरिरहेका छन् ।

जोखिममा परेका बालबालिकाको आपतकालिन उद्धार, राहत, संरक्षण र परामर्शका लागि नेपालमा विगत २१ वर्ष देखि बाल हेल्पलाइन संचालनमा रहेको छ ।

सिविन नेपालद्धारा संचालित बाल हेल्पलाइनले नेपालमा अहिलेसम्म २९ हजार ७ सय ८७ जना बालबालिकालाई प्रत्यक्ष रुपमा सहयोग गरेको छ । बाल हेल्पलाइनमा आउने गुनासामा सबै भन्दा धेरै बालविवाह सम्बन्धी रहेको छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार