पाँचथर हत्याकाण्डः भाग्यले बाँचेकी सीता

पाँचथर । पाँचथरमा भएको विभत्स हत्याकाण्डमा बाँच्न सफल घाईते एक बालिकालाई उपचारका लागि झापाको दमक ल्याइएको छ ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका- ३ आरुबोटेमा सोमबार राति ९ जनाको हत्या हुँदा भागेर बाँच्न सफल १२ बर्षिय सीता खजुमलाई थप उपचारका लागि दमक ल्याइएको हो ।

घटनामा उनको पुरै परिवारको हत्या गरिएको छ । हत्याराले मध्यरातमा घरभित्र छिरेर अन्धाधुन्ध धारिलो हतियारले हान्न थालेपछि सीता भागेर गाँउमा अर्काको घरमा लुकेर बाँचेकी हुन । घटनाबारे मंगलबार उनले प्रहरीलाई यि सबै कुराहरु बताएकी छन् ।

दर्गुदा हात भाँचिएर घाईते हुन पुगेकी सीता मनसिक रुपमा समेत विक्षिप्त रहेको प्रहरीले बताएको छ । सीतालाई थप उपचारको खाँचो भएपछि झापाको दमक ल्याइएको हो ।

सीताले प्रहरीलाई दिएको वयान अनुसार हत्यारा  मुख छोपेर घरभित्र आई एकाएक सबैलाई आक्रमण गरेको थियो ।
हत्याराले दुई परिवारका ९ जनाको विभत्स तरीकाले हत्या गरेको थियो ।

आक्रमणबाट ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा घटनास्थलमै मृत्यु भएको छ । हत्याराले ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती, ३६ वर्षीया जस्मिता फियाक, २६ वर्षीया मनकुमारी फियाक, र १२ वर्षीया आशिका खजुम लिम्बूको पनि धारिलो हतियार प्रयोगगरी विभत्स हत्या गरेको थियो ।

हत्यारा आफन्तले नै

हत्याकाण्डको प्रारम्भिक अनुसंन्धानबाट हत्या आफन्तले नै गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे आशंका गरिएको ब्यक्ती पनि झुण्डिएको अवस्थामा भेटिएपछि हत्या उसैले गरेको हुनसक्ने प्रहरी अनुमान छ ।

झुण्डिएको मानबहादुर माखिम मिक्लाजुङ गाउँपालिका ३ लुमानङदिन भन्ने ठाँउमा रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो । मानबहादुर मृतकहरुको कान्छो ज्वाई नाता पर्ने समेत खुल्नमा खाएको छ । मानबहादुर झुण्डिएको ठाँउमा एउटा रगतले लत्पतिए कुखुरी र रकताम्य कपडाहरु भेटिएका छन् । यि सबै प्रमाणका आधारमा हत्यारा मानबहादुर नै हुन सक्ने प्रहरीको अनुमान छ ।

यद्यपी यसको पुरै पुष्टी प्रहरीले गरेको छैन । घटनामा अरुको पनि संलग्नता हुन सक्ने भन्दै अनुसन्धान जारि रहेको छ । घटनाको छानविन गर्न केन्द्रबाट सिआईबीको टोली समेत घटनास्थल पुगी शवको मुचुल्का उठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार