काठमाडौं । त्रिभुवन अन्र्ताष्ट्रिय विमानस्थलबाट बरामद भएको दुई सुटकेस भारतिय नक्कली नोट साढे ७ करोड भन्दा बढि रहेको प्रहरीले बताएको छ । शुक्रबार बिहान पुर्बमन्त्रीका छोरासहित तीन जना पाकिस्तानीबाट चेकजाँचका क्रममा विमानस्थलमा नक्करी नोटका दुईवटा सुटकेस प्रहरीले बरामद गरेको थियो । विमानस्थलबाट बरामद गरेको नक्कली भारु ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
कतारको दोहाबाट दुई वटा सुटकेससहित काठमाडौं उत्रेका पाकिस्तानी नागरिक ६७ वर्षीय नासिर उद्धिन, ४९ वर्षीय मोहम्मद अफ्तर र ३९ वर्षीय नदिया अनवरलाई प्रहरीले विमानस्थल भित्रको भन्सार क्षेत्रबाट पक्राउ गरेको थियो ।
उनीहरुलाई रिसिभ गर्न पुर्बमन्त्री सलिम मियां अन्सारीका छोरा युनुस अन्सारीसहित अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताए । पुर्बमन्त्रीका छोरा युनुससंगै पक्राउ पर्नेमा सोहेल खान र गाडी चालकसुजन रानामगर रहेका छन् । पक्राउ गरिएका ब्यक्ती उपर अनुसंन्धानगरी कानूनवमोजिक कारवाही अघि बढाईने प्रवक्ता पोखरेलले बताए ।