दार्चुला । पसलमा सुतिरहेका बेला गएराति अज्ञात समूहको कुटपिटबाट घाइते भएका दार्चुलाका ७५ वर्षीय वीरभान महराको पनि मृत्यु भएको छ । कुटपिटबाट घाइते भएका वीरभानको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हो ।
दार्चुलाको महाकाली नगरपालिका ३ काँटैको पसलमा सुतिरहेका बेला अज्ञात समुहको कुटपिटबाट वीरभानकी श्रीमती द्रोपतीको भने राती नै मृत्यु भएको थियो ।
उनका १२ वर्षीय नाति पनि घाइते भएका छन् । घाइते भएका नाति लोकेशलाई भने उपचारका लागि धनगढी रेफर गरिएको छ ।
यो पनि पढ्नुहोस्