बिहानै भोजपुरबाट आयो कहालीलाग्दो खबरः आमाले गरिन २२ महिने छोराको घाँटी रेटेर हत्या

भोजपुर । देशमा कहालीलाग्दा घटनाहरु दिनैपिच्छे घटिरहेका छन् । जसले समाज हिंस्रक हुँदै गएको देखिन्छ । भोजपुरमा मंगलबार बिहानै एक आमाले आफ्नै २२ महिने छोराको कुर्रतापुर्वक घाँटी रेटेर हत्या गरेकी छन् ।

जिल्ला सदरमुकामस्थित पानी ट्याङ्कीमा २५ वर्षीया सम्झना थापाले आफ्नै २२ महिनाको छोरा सम्बोधनको हत्या गरेको प्रहरीले जनाएको छ । भोजपुर प्रहरीका अनुसार सम्झनाले मंगलबार बिहान ७ बजेतिर घरको छतमा लगेर छोराको खुकुरीले घाँटी छिनाएर हत्या गरेकी थिईन ।
रामप्रसाद राई गाउँपालिका वासिखोरा घर भएकी सम्झनाको परिवार पानीट्याङ्की टोलमा भिनाजुको घरमा बस्दै आएको भोजपुरका प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेले बताए ।

प्रहरीका अनुसार सम्झनाले श्रीमान घरबाहिर भएका बेला छोराको हत्या गरेकी हुन । उनका श्रीमान सूर्यबहादुर थापा भने लघुवित्त कम्पनीमा काम गर्ने भएकाले कार्यालयको कामले सदरमुकाम वाहिर गएका थिए ।
छोराको हत्या गर्ने सम्झना प्रहरीले तत्काल पक्राउ गरि थप अनुसंन्धान गर्दै कारवाही प्रकृया समेत अघि बढाएको डिएसपी थेवे बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार