प्यूठान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामेदव गौतमले पुर्बसहमती अनुसार सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् । नेकपाका सचिवालय सदस्य तथा पुर्बगृहमन्त्री समेत रहेका नेता गौतमले पुर्बसहमती उल्लंघन गरिए पार्टी एकता नै बिथोलिने चेतावनी दिए ।
शुक्रबार प्यूठान पुगेका नेता गौतमले प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताउका हुन । सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिन्छ नेता गौतमले भने, सरकारको नेतृत्व दुबै अध्यक्षले आलोपालो गर्ने सहमति भएको हो, त्यो हुन्छ, कसैले उल्लंघन गर्दैन ।’
पाँच बर्षको अवधीमा सरकारको नेतृत्व केपी ओली र आफुले आलोपालो गर्नेगरी भएको पुर्बसहमतीबारे प्रचण्डले एक टेलिभिजन कार्यक्रममार्फत सार्वजनिक गरेसंगै सरकारको नेतृत्व परिर्बतनको बिषय चर्चामा आएको छ ।
अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व परिर्बतनका बिषयमा आन्तरीक छलफल समेत भइरहेको बताएका थिए ।
पार्टीमा प्रभावशाली नेताका रुपमा पनि चिनिने नेता गौतमले सरकारको नेतृत्व परिर्बतनको पक्षमा आवाज उठाएपछि अब यो बिषयले नेकपामा चर्को वहशको रुप लिने निश्चित छ ।