करेन्ट लागेर विद्यार्थीको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको पाणिनी गाउँपालिकाको पाणिनी प्राविधिक शिक्षालयमा अध्ययन गर्ने अछाम घर भएका २२ वर्षिय जगदिश तिमिल्सनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय सिस्ने खोलामा माछा मार्ने क्रममा उनलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ । २२ वर्षिय तिमिल्सनाको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार