गायक टेक बिसीको नाच पुतली सार्वजनीक

काठमाडौं । गायक टेक बिसीको नयाँ गीत ”नाच पुतली” युटुवमा सार्वजनीक भएको छ । हालै सार्वजनिक भएको गीत नाच पुतलीमा शब्द संगीत उमेश मुस्कानको छ । यस गीतलाई अहिलेका चर्चीत एरेन्जर उदय राज पौडेलले एरेन्ज गरेका छन् । गीतको म्युजिक भिडीयोमा मोडल अलिसा शर्मा र चक्रबमको अभिनय तथा नृत्य रहेको छ । “यो गीत छमछमी नाच्न मिल्ने र सुन्दा पनी रमाइलो महसुस गराउने छ” गायक बिसीले भने, शब्द संगीत तथा अरेन्जमेन्ट निकै सुन्दर हेकोहुँदा गीतले सबैको मन जित्नेमा आफु विश्वस्त रहेको उनको भनाई छ ।

यता संगीतकार मुस्कान भने एकान्तमा सुन्दर हावाको छुवाई महशुस गर्दै गर्दा आएको एक धुनमै रहेर संगीत गरीएको बताउछन् । गीतको अडियो र भिडीयो राम्रो बनेकोले श्रोता दर्शकले यो गीतलाई मन पराउने उनको विश्वास छ ।

भिडीयो हेर्न यहाँ क्लिक गर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार