कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरु फेरी पक्राउ परेका छन् । सरकारद्वारा प्रतिबन्धित उक्त पार्टीका १८ नेता तथा कार्यकर्तालाई गएराती प्रहरीले कास्कीबाट पक्राउ गरेको हो।
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित उरीमा उनिहरु बैठक बसिरहेको अवस्थामा प्रहरीले घेराबन्दीगरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी,बिद्यार्थी संठगनका अध्यक्ष लगायतका नेता कार्यकर्ताहरु रहेको प्रहरीले बताएको छ ।
नियन्त्रणमा लिइएका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय, कास्कीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।