ठुलो दुर्घटनाबाट बचे मन्त्री महासेठ, खोलामा डुब्यो गाडी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ ठुलो दुर्घटनाबाट बचेका छन् । पुल शिलान्यास गरेर फर्किने क्रममा मन्त्री महासेठको गाडी स्याङ्जामा खोलामा डुबेको थियो ।

सोमबार अर्जुन चौपारी गाउँपालिकाको दरौं खहरे खोलामा पुल शिलान्यास गर्न पुगेका मन्त्रीको गाडी पुल सिलान्यास गरी फर्किने क्रममा सोहि खोलामा डुबेको हो ।

मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी खोलामा आधा डुबेको प्रहरीले जनाएको छ । मन्त्रीलाई सुरक्षाकर्मीले उद्दार गरेका थिए ।
गाडी डुबेपछि मन्त्री महासेठ ओर्लिएर अर्को गाडीमा सदरमुकामसम्म आएका थिए।

खोलामा डुबेको गाडीको इन्जिन नै सिन भएको छ । गाडी क्रेनको सहयोगमा बाहिर निकालिएको छ । गाडीमा कुनै पनि क्षति नभएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार