लोकसेवाको विज्ञापन खारेजबारे प्रचण्डले यस्तो भने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष तथा पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगको विज्ञापन खारेजीबारे प्रधानमन्त्री केपी ओली स्वदेश फर्किएपछि मात्रै निर्णय हुने बताएका छन् ।

बुधबार चितवनमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले संसदको राज्य ब्यवस्था समितिले आयोगको विज्ञापन खारेजीका लागि दिएको निर्देशनबारे गहिरो अध्ययन गरि सकारात्मक निष्कर्षमा पुग्ने बताए ।

” विज्ञापन खारेजीका लागि समितिले आफ्नोतर्फबाट निर्देशन गरेको छ, अब सरकारले यसबारे गम्भिर छलफल गरेर कदम चाल्नेछ, अहिले प्रधानमन्त्री जि नेपाल बाहिर हुनुहुन्छ, उहाँ फर्केपछि छलफल गरेर सकारात्मक निष्कर्षमा पुग्छौं ।”

अध्यक्ष प्रचण्डले सरकारले ल्याएका हरेक विधेयकहरुमा प्रयाप्त गृहकार्य र छलफल नपुगेकाले बिरोधका आवाज सुनिएको बताए ।

मिडिया काउन्सिल विधेयक, गुठी विधेयक लगायतका विधेयकहरु आवश्यक परिमार्जनगरेर मात्रै ल्याइने अध्यक्ष प्रचण्डको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार