काठमाडौ । विरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाब भएको छ । पित्तथैलीको अपरेशन गरेको ६ दिनपछि विरामीको मृत्यु भएपछि अस्पतालमा तनाब भएको हो ।
गत शुक्रबार अस्पतालले सिन्धुपाल्चोककी रामप्यारी थापाको पित्तथैलीमा पत्थरी भएको भन्दै अपरेशन गरेको थियो । अस्पतालले बिहीबार थापालाई मृतक घोषणा गरेको छ । ५० वर्षीया रामप्यारी गत शुक्रबार हिँड्दै अपरेशनका लागि ओम अस्पताल पुगेकी थिइन् ।
विरामीका आफन्तले अस्पतालको लापरवाहीका कारण मृत्यु भएको दाबी गरेका छन् । अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर बिरामीको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । विरामीलाई ६ दिन सम्म निको हुँदैछ भनेर झलाउने काम गरेको आफन्तले बताए ।
अस्पतालले विरामीको मृत्यु भएको घोषणापछि आफन्तले अस्पतालमा नाराबाजी समेत गरेका थिए ।