पाल्पा । पाल्पामा जँगली च्याउ खाँदा मृत्यु हुनेको सख्या ६ पुगेको छ । जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा एकहप्ता अघि च्याउको तरकारी खाएर बिरामी परेकामध्ये उपचारक्रममा ६ जनको मृत्यु भएको हो । मृत्यु हुनेमा निस्दी – ३ सार्कीडाँडाका नौ वर्षीया निर्मलासिं ठुकरी, चार वर्षीय विष्णुसिं ठकुुरी, सात वर्षीय सुमनसिं ठकुरी, निशासिं ठकुरी, निरुतासिं ठकुरी र ४५ वर्षीय पुरन खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
च्याउ खाएर बिरामी भएपछि उनिहरुको नवलपरासी, मेडिकल कलेज भरतपुर र काठमाडौंँका विभिन्न अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो । जँगली च्याउ खाँदा सार्कीडाँडाका ११ जना बिरामी परेका थिए ।
च्याउ खाएर मृत्यु भएका र बिरामी परेकाहरुको परिवारलाई सहयोगका लागि पहल भइरहेको सङ्घीय सांसद दलबहादुर रानाले बताए ।
सांसद रानाका अनुसार आर्थिक अवस्था कमजोर भएका बिरामी परिवारलाई अस्पतालमा भेट्न पुगेका सांसद रानाले मृतकका परिवारलाई उचित राहत प्रदान गर्न र बिरामीको सबै स्वास्थ्योपचार सेवा सरकारबाट व्यहोर्नेबारे पहल भइरहेको छ ।