राजधानीमा भएको बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ५ पुग्यो, दुईको अवस्था पनि गम्भिर

काठमाडौं । राजधानीमा भएको बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । जेठ १२ गते राजधानीको घट्टेकुलो र सुकेधारामा भएको शृंखलाबद्ध बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको हो ।

बम विस्फोटबाट गम्भिर घाइते भइ चावहिलस्थित ओम अस्पतालमा उपचाररत रामेछाप मन्थली नगरपालिका–४ निवासी रामकुमार श्रेष्ठको शनिबार बिहान मृत्यु भएपछि मृतकको संख्या ५ पुगेको हो ।

श्रेष्ठको उपचारका क्रममा बिहान मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए । यसअघि बम विस्फोट भएकै दिन सुकेधारमा २ जना र अनामनगरस्थित घट्टेकुलोमा १ जनागरी ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का एक जनाको अर्को दिन मृत्यु भएको थियो ।

बम विस्फोटमा मृत्यु हुनेहरु पाँचै जना विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हुन । मृत्यु भएका श्रेष्ठसंगै जनमुक्ति सेनाका कमाण्डरहरू महान, दीपेन्द्र, अखिल क्रान्तिकारीका नेता प्रज्वल शाही र निरन्तर रहेका छन ।

सुकेधारास्थित छोटे ठाकुरको सैलुनमा भएको बम बिस्फोटमा परि गम्भीर घाइते भएका सुरेन्द्र महर्जन र हरि खड्काको ओम अस्पतालको आइसीयुमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार