कृषिमन्त्रीले ट्याक्टर जोतेर यसरी रोपे बर्दियामा धान

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले बर्दियाको राजापुरमा ट्रयाक्टरबाटै धान रोपेर धान दिवसको उद्घाटन गरेका छन् ।

धानखेतीमा प्रविधि र यन्त्रीकरण, चामल आयातमा न्यूनीकरण भन्ने मूल नारासाथ मनाइएको १६औँ धान दिवस यो पटक बर्दियाको राजापुरमा मनाइएकाे हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री खनालले नेपालमा अझै पनि कृषि क्षेत्र आकर्षणको केन्द्र बन्न नसकेको बताएका छन् । काम गर्ने दक्ष जनशक्ति विदेशिएकाले नेपालमा सोचजस्तो कृषि गर्न नसकिएको बताए ।

उनले बाँझो रहेको जमिनमा खेती गरेर कृर्षि प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार