काठमाडौं । कंचनपुरकी १३ बर्षिय निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको ७१ औ दिनमा हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ । निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि सरकारद्धारा गठित उच्च स्तरीय छानबिन समितिले तयार पारेको प्रतिवेदन आइतबार साँझ सार्वजनिक गरिएको हो ।
गृह मन्त्रालयको वइबसाईटमार्फत ३७ पेजको प्रतिबेदन सार्बजनिक गरिएको गृहमन्त्रालयले जनाएको छ । घटना भएको दुई महिना बितिसक्दा समेत अझै हत्यारा पत्ता नलागेको भन्दै गृह प्रसाशान र सरकारको चर्को आलोचना भइरहेका बेला सरकारद्धारा गठित समितिको प्रतिवेदन सार्बजनिक भएको छ ।
समितिले प्रतिवेदन सरकारलाई बुझाईसकेको भएपनि त्यसलाई सार्बजनिक नगरिएको भन्दै गृहमन्त्रालयको आलोचना समेत भइरहेको थियो ।
प्रतिवेदनको निष्र्कष अनुसार तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट र बम दिदिबहिनीमाथि नै शंका गर्नु पर्ने ठाउँरहेको र उनिहरुमाथि थप अनुसन्धान गर्नु पर्ने देखिन्छ । गाँउकै साथी (बम दिदि बहिनी) को घरमा गएका बेला निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा गत साउन १० गते शव भेटिएको थियो ।
साउन ९ गते आफ्नो घरबाट साथीको घर गएकी निर्मला घर नफर्केपछि आमा बुवाले खोजी गरिदिन प्रहरीलाई गुहारेका थिए । तर, प्रहरीले बेवास्ता गरेका कारण छोरी गुमाउनु परेको आफन्तको आरोप छ । साथै, निर्मलाको शव भेटिएपछि प्रहरीले घटनाबारे निभाउनु पर्ने भुमिका गलत देखिएको र घटना अध्यनका लागि महत्वपुर्ण र अति संवेदलशिल प्रमाणहरु नष्ट गर्दै चरम लापरवाही गरेका कारण घटनाका दोसी पत्ता लगाउन नसकिरहेको विभिन्न अध्यनले देखाएको छ ।
समितिको प्रतिवेदनको पुर्ण पाठ यहाँ क्लिक गरि पढ्न सकिन्छ ।
निर्मला_पन्त_हत्या_२०७५।६।४_Corrected_final