छमछमी नचाउने तिजको नयां गीत सार्वजनिक

काठमाडौं । गायिका इशा कार्की र पवित्रा गुरुङ को सुमधुर स्वरमा रहेको “यो तीजमा गरौ रमाइलो” बोलको तिज गीतको भिडियो सार्वजनिक भएको छ । छम छम नचाउने गीत खालको तिज गीतमा इशा कार्कीको शव्द संगीत र रिकेश गुरुङको एरेन्ज रहेको छ ।

गीतलाई MB Creation को युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । उक्त गीतको भिडियोमा सृष्टि खड्का र संगम शर्मा आदि कलाकारहरुले दमदार अभिनयसहितको नृत्य प्रस्तुत गरेका छन् ।

मनोज बिष्टले निर्देशन गर्नु भएको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेको गरेका हुन । सन्तोष राजबाहकको कोरियोग्राफीमा खिचिएको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार