मानव जिवनका लागि यौन अनिर्वाय जस्तै हो । तर, मानव जिवनमा यहि यौनको बिषयलाई लिएर निकै संकुचित भावना रहेको पाइन्छ । साथै यसलाई लाजको बिषय पनि मानिन्छ । यौनबारे विभिन्न जिज्ञासा भएपनि हामी त्यसलाई खुलेर भन्न सकिरहेका हुदैनौं ।
फेरि नेपाली समाजमा यौन कृयाकलाप विवाहित दम्पतीबीच मात्रै हुनु पर्छ भन्ने मान्यता छ । तर, त्यहि यौनबारे विभिन्न समस्या हुँदा दाम्पय जिवन नै संकटग्रस्त भएको पनि पाइन्छ ।
दम्पतीमध्ये कसैलाई यौन इच्छा कम वा बढि हुनु, शिर्घस्खलन, उत्तेजना नहुनु आदि समस्याले श्रीमान र श्रीमतीबीचको सम्बन्ध तनावपुर्ण भइरहेको हुन्छ ।
जसले गर्दा सम्बन्धमै अपठ्यारो अवस्था आएको पनि देखिन्छ । यहाँ तपाईलाई अन्य समस्या भन्दा पनि यौन क्षमता कसरि बढाउन सकिन्छ भन्ने बिषयमा केहि टिप्सहरु दिन गइरहेका छौं । जुन यसप्रकार छन् :
चकलेट
चकलेट खाएपछि यौन क्षमता बढ्छ भन्दा त्यति विश्वास नलाग्न सक्छ । तर, कतिपय यस्ता चकलेट हुन्छन् जसले हाम्रो शरिरमा यौन क्षमता बढाउन सहयोग गर्छन्। डा। दिनेश बाँस्तोलाका अनुसार नरिवल मिसिएका चक्लेटमा यौनबद्र्धक शक्ती पाइन्छ ।
नरिवल मिसाएर तयार गरिएको चकलेटमा हुने अँध्यारो (डार्क) पनले शरीरमा उत्पादन हुने सेरोटोनिन र इन्डर्फिन रासायनिक तत्त्वले अनुहारको चमकता ल्याउन सहयोग गर्छ। पाको उमेर होस् वा युवा अवस्था नै किन नहोस् चकलेट खानाले यौन जोडीको अनुहारमा चमकता आउने हुँदा यौन उत्तेजना ल्याउन सहयोग पुग्छ।
त्यसैले नियमित रुपमा सन्तुलित किसिमले यस्ता चकलेट खान सकिन्छ। यस्ता चकलेटले शरीरमा सेरोटोनिन र इन्डर्फिन तत्त्व उत्सर्जनमा सहयोग गरी यौन जोडीको अनुहारमा खुसी ल्याएर मस्तिष्कको हाइपोथालामसको यौन केन्द्र सक्रिय भएपछि कामोत्तेजना हुने डा बाँस्तोलाको भनाई छ । यौन सम्पर्क गर्नु आधा घण्टाअघि चक्लेट खानु उपयुक्त हुने चिकित्सकहरु बताउँछन ।
अण्डा
कुखुरा, हाँसको अण्डा नियमित तथा सन्तुलित रुपमा खानाले पनि यौन शक्ती बढाउँछ । अण्डाले युवा तथा पाको उमेरका पुरुषमा पनि यौन उत्तेजनामा सहयोग पुग्ने चिकित्सक बताउँछन्। अण्डामा पाइने एमिनो एसिड र एल–अर्गिनिन्ले पुरुषलाई उत्तेजनामा ल्याउँने डा. बास्तोला बताउँछन् ।
नियमित सन्तुलित रुपमा अण्डा खानाले महिलामा पनि यौन उत्तेजना आउन सहयोग पुग्छ। पुरुष र महिला दुवै यौन उत्तेजना नभएको खण्डमा हल्का अण्डा उमालेर खानुपर्ने चिकित्सक सुभाmव दिनेपनि गर्छन । अण्डा फ्राइ गरेर खानु भने स्वास्थ्यका लागि उपयोगी हुँदैन।
कफी
कतिपय पेय पर्दाथ यौन शक्ती बढाउनमा सहयोग गर्ने चिकित्सक बताउछन् । डा. बास्तोलाका अनुसार कफी पिउनाले पनि शरिरमा उत्तेजना बढाउन सहयोग गर्दछ । कफी पिउँदा यौन चाहनाको चाल बढाउने डा। बाँस्तोला बताउँछन्।
कफिले कामोत्तेजना बढाउँछ। यौन उत्तेजना बढाउने भएकाले यौन उत्तेजनाको चाहना बढाउनका लागि पुरुष वा महिलाले यौन सम्पर्क गर्नुभन्दा आधा घण्टा अघि कफी पिउन चिकित्सकहरु सल्लाह दिने गर्छन।
महिला वा पुरुष जब शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुन्छन अनि मात्रै उनिहरुमा यौन चाहना रहन्छ । त्यसका लागि माथि उल्लेखित खानेकुरामा ध्यान दिनुपर्दछ । कुनै पनि जोडीको यौन जीवन सुखद हुनु भनेको उनिहरुको अन्य जिवन सन्तोषजनक हुनु हो ।
यौन शक्तकिा लागि कस्तो भोजन ?
महिला होस वा पुरुषको शरिरमा यौन शक्ती बढाउनका लागि हाम्रो खानपिनले पनि ठुलो भुमिका खेल्छ । हाम्रो स्वस्थ शारिरका लागि पोषणको आवश्यक भए झै मानसिक स्वास्थ्यका लागि पनि पोषण (खानपिन) को ठुलो भूमिका हुने चिकित्सक बताउँछन्।
मानसिक स्वास्थ्यका लागि साकाहारी भोजन उचित हुने मनोविद्को तर्क छ। साकाहारी भोजनमा विभिन्न किमिका फलफूल, सागसब्जी, गेडागुडी, दूध, दहीजस्ता खानेकुरा यौन शक्ती बढाउनका लागि उपयुक्त हुने मनोविद्हरुको सल्लाह र तर्क रहन्छ ।
तारेको, भुटेको, मसलेदार, माछा, मासुलगायत खानेकुराले पनि हामीमा यौन उत्तेजना बढाउँछ। तर, यसमा तेल, रातो मासु भने स्वास्थ्यका लागि त्यति फाइदाजनक हुदैन ।
त्यसैले स्वस्थ यौन जीवनका लागि रक्सीलगायतका शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पु¥याउने किसिमका खानपानको नखान मनोविद्को सल्लाह छ।