आजदेखि सार्वजनिक सवारी साधनलाई रुट परमिट खुला

काठमाडौं । दशैलाई मध्यनजर गर्दै यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक सवारी साधनलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको छ ।
काठमाडौंमा बस्दै आएका यात्रुलाई दशैँ, तिहार र छठ जस्ता पर्बहरुमा आवातजावत सहज होस भन्ने उदेश्यले आजदेखि असोज ३१ गतेसम्मलाई इजाजत पत्र खुला गरिएको विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार दशैका बेला सडकहरुमा गुड्ने ठूला सवारी साधनले सर्बसाधारणलाई आवागमनमा समस्या हुने भएकाले आजैदेखि असोज ३१ गतेसम्म नारायणघाटबाट काठमाडौँ आउने ठूला सवारी साधनमाथी रोक लगाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार