राष्ट्रपतिविरुद्ध महाभियोगको प्रक्रिया सुरु


अमेरिका । अमेरिकी तल्लो सदनकी सभामुखले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया सुरु गरिएको घोषणा गरेकी छन्।

डेमोक्र्याट सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिमाथि ुविदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न निम्ता दिएर संविधान उल्लङ्घन गरेकोु आरोप लगाइन्।

ट्रम्पमाथि आफ्ना डेमोक्र्याट प्रतिस्पर्धी जो बाइडन र उनका छोराविरूद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न युक्रेनी समकक्षीलाई दबाव दिने प्रयास गरेको आरोप छ।

उनीमाथि युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीमाथि डेमोक्रेटिक प्रतिद्वन्द्वी जो बाईडन र उनका छोराविरुद्ध भ्रष्टाचारको दाबीमाथि अनुसन्धान सुरु गर्न दबाब दिइएको आरोप छ, जसलाई ट्रम्पले अस्विकार गर्दै आएका छन् ।

यद्यपि, उनले आफ्नो राजनीतिक प्रतिद्वन्द्वीबारे युक्रेनका राष्ट्रपतिसँग चर्चा गरेको भने स्विकारेका छन् ।

नेन्सी पलोसीले ट्रम्पले अमेरिकाको संविधानको घोर उल्लंघन गरेको आरोप लगाएकी छिन् । उनले भनिन्, ‘राष्ट्रपति जवाफ दिन तयार हुनुपर्छ, कानूनभन्दा माथि कोही पनि छैन ।’

ट्रम्पलाई पदबाट हटाउने कुनै पनि कोसिसका लागि २० रिपब्लिकन सांसदको आवश्यकता पर्छ । अहिलेसम्म अमेरिकाका कोही पनि राष्ट्रपतिलाई महाभियोगमार्फत् हटाइएको छैन ।

ट्रम्पले महाभियोग उनका लागि राजनीतिक रुपमा ‘सकारात्मक हुने’ बताएका छन् । तल्लो सदनमा १४५ देखि २३५ डेमोक्रेट्स महाभियोगको समर्थनमा भएको बताइन्छ ।

घटना के थियो ?
गत हप्ता अमेरिकाको गुप्तचर अधिकारीले सरकारका एक वाचडगलाई ट्रम्पले एक विदेशी नेतासँग कुराकानी गरेको बारे जानकारी दिएका थिए । पछि ती विदेशी नेता युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की हुन् भनेर पत्ता लाग्यो ।

इन्टेलिजेन्स इन्स्पेक्टर जनरलले सूचना प्रदाता (ह्विसल ब्लोअर) को उक्त जानकारी ‘तत्काल ध्यानमा लिन योग्य’ र विश्वसनीय मानेका थिए । उक्त जानकारीको कपीलाई डेमोक्रेट्सले संसदमा माग गरेका थिए तर ह्वाइट हाउस र न्याय विभागले यसको प्रति प्रदान गर्न अस्विकार गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार