काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण नजिकिदै गर्दा काठमाडौं सिंगारिदै छ । सीको भ्रमण नजिकिदै गर्दा काठमाडौंका सडक, खाल्डाखुल्डीहरु पुरिदैछन् भने सडक छेउमा रुख रोप्ने काम पनि भइरहेको छ ।
अरुबेला खाल्डैखाल्डा रहेको सडक रातारात चिल्ला भएका छन्, सडक पेटीहरु रंगिएका छन् । यसका साथै बर्षौसम्म नबनेका पार्कहरु पनि यतिबेला रंगिन भइरहेका छन् ।
सरकारले तीनकुने चोकमा रातारात हरियाली बनाएको छ । भने दुबो रोप्ने काम पनि भइरहेको छ ।
राष्ट्रपति सी जिनपिङ त्रिभुवन विमानस्थलबाट ओलिएर अगाडि बढ्दा यो हरित पार्कले स्वागत गर्नेछ । अन्य सडकहरु पनि धमाधम बनिरहेका छन् ।
तयारी तीब्र भए पनि राष्ट्रपति सी काे भ्रमणकाे मिती भने सार्वजनिक भएकाे छैन् ।