धनुषामा फेरि १३ वर्षीया बालिकाको बलात्कार

धनुषा । धनुषामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउदै अर्की बालिकाको बलात्कर भएको छ।
प्रहरीका अनुसार धनुषाको विदेह नगरपालिकाकी १३ वर्षीया बालिकाको बलात्कार भएको हो।

बालात्कारको आरोपमा प्रहरीले विदेह नगरपालिका ७ बस्ने ६५ वर्षीय जागेश्वर ठाकुरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ठाकुरले बालिकालाई पैसाको प्रलोभनमा देखाएर गत सोमबार साँझ बलात्कार गरेको प्रहरीको भनाई छ ।

धनुषाको औरही गाउँपालिका वडा नम्बर २ मा एक साताअघि १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको थियो, घटनामा संलग्न दुई जानालाई प्रहरीले पक्राउ कारवाही प्रकृया अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार