डा. गोविन्द केसी फेरि अनशन बस्दै

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनशन बस्दै आएका प्राध्यापक डा. गोविन्द केसीले १७औं पटक अनशन बस्ने घोषणा गरेका छन् । सरकारले आफ्नो लागलाई सम्बोधन नगरेको भन्दै उनले कात्तिक १८ गतेबाट अनशन बस्ने जानकारी गराएका छन् ।

यसअघि डा. कसीले  आफ्ना पुराना माग कात्तिक ८ सम्म पूरा नभए कात्तिक १३ बाट अनशन बस्ने घोषणा गरेका थिए। तर, उनले  त्याे समयमा तिहार परेकाले केही दिन पर सारेका हुन् ।

पटक पटक आफ्ना माग बारे सरकारलाई दबाव दिन उनले १६ पटकसम्म अनशन बसिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार