काठमाडौं । बिश्वब्यापी रुपमा भइरहेका महिला हिंसा र यौन दुर्व्यवहारका घटना विरुद्ध थालिएको ‘मिटू’ #MeToo अभियानको प्रभाव नेपालमा पनि जबरजस्त परेको देखिन्छ । एपी वान टिभीको चर्चित ‘रियालिटी सो नेपाल आइडल’ मा प्रस्तोता र कलाकारबीच रमाइलो संवादमा “मिटू” अभियानको खिल्ली उडाएको भन्दै आलोचना भएपछि टिभीले माफी मागेको छ ।
गत बिहीबारको कार्यक्रममा प्रस्तोता र आगन्तुक कलाकारहरुले “मिटू” शब्दको खिल्ली उडाएको भन्दै सामाजिक सञ्जालमा विरोध हुंदै आएको थियो । अन्तः अभियानको सम्मान गर्दै टिभीको आधिकारीक टुइटरबाट प्रसारण संस्थाले माफी मागेको हो ।
संस्थाले आफुहरु सदैव महिलाको सम्मान र महिला हिंसाको जुनसुकै घटनाको बिरोधी रहेको बताएको छ ।
माफी माग्नुको कारण के थियो ?
नेपाल आइडलको गतको अँकमा अतिथि कलाकार भएर सो मा गएका नेपाली कमेडियन तथा कलाकार सन्दिप क्षेत्रीले स्टेजमा रीमा विश्वकर्मालाई अंकमाल गर्न खोज्दा रिमाले मिटू भनेकी थिइन भने त्यसको प्रतिउत्तरमा सन्दिपले मि थ्री भनेका थिए । त्यस्तै कार्यक्रमका अर्का प्रस्तोता आशिफ शाहले मि फोर भन्दै मजाक गरेका थिए।
उक्त विवादित संवादको भिडियो यहाँ हेर्न सकिन्छ,