प्रवासीका लागि थप कडा निती ल्याउदै ट्रम्प

अमेरिका । अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प आप्रवासीको बिषयमा थप कडा निति ल्याउने सोंचमा पुगेका छन् । अमेरिकामा बढ्दै गइरहेको आप्रवासीहरुको जनसंख्या घटनाउने उदेश्यले उनले एक कडा कदम उठाउन लागेका हुन । बिगत केहि बर्ष यता वैध अवैध रुपमा अमेरिका छिर्र्नेहरुको जनसंख्या ह्वात्तै बढेपछि ट्रम्प सरकारले त्यसप्रती चासो बढाउदै आएको छ ।

प्रवासीका लागि कस्तो नयां निती ?
बिशेषगरि, ट्रम्प सरकारले प्रवासी र गैर अमेरिकी नागरिकहरुका जन्मेका बच्चाहरुलाई दिइदै आएको नागरिकताको ब्यबस्था रद्ध गर्न लागेको हो ।

अमेरिकाको मौजुदा कानून अनुसार अमेरिकामा जन्मेका कुनै पनि बच्चाहरुलाई अमेरिकी नागरिकता दिने ब्यवस्था छ । असल करा त के भने जन्मिने बच्चाहरुका आमाबुवा अमेरिकी नागरिक नभएपनि बच्चालाई नागरिकता दिने कानूनी ब्यवस्था छ । जसलाई ट्रम्प सरकार हटाउन चाहन्छ ।

अमेरिकी राष्ट्रपती ट्रम्पले हालै एक संचारमाध्यमलाई दिएको अन्तरवार्तामा प्रवासी नागरिकका बच्चालाई दिइदै आएको नागरिकताका बिषयमा विधमान कानून हटाउने बताएका हुन । यद्यपी उनको यो योजना सफल हुनका लागि संसदमा सबैको सर्मथन पाउनु पर्ने हुन्छ ।
उक्त अन्तरवार्तामा उनले भनेका छन, “संसारमा हाम्रो एकमात्र यस्तो देश हो जहाँ मान्छेहरु आउँछन् र उनले जन्माएको बच्चाले ८५ बर्षसम्मका लागि सजिलै अमेरिकाको नागरिक हुने अधिकार पाउँछन । यो ब्यवस्था आफैमा हास्याँस्पद छ, त्यसैले यसलाई खारेज गरिनुपर्दछ । ”

Axios on HBO का लागि दिएको अन्तरवार्तामा ट्रम्प यस बिषयमा निकै बिस्वस्त देखिन्छन । तर, यो ब्यवस्था खारेज गर्न त्यति सहज भने छैन, किनकी त्यसका लागि संसदमा बिरोध हुन सक्छ र बुहमत पाउनु गाह्रो पनि हुनसक्छ ।

ट्रम्प भने आफ्नो कार्यकारी आदेशमार्फत सिधै पनि यसलाई खारेज गर्न सकिने तर्क गर्छन । जानकार भन्छन, यदि यो ब्यवस्था खारेज हुने हो भने धेरै प्रवासी अमेरिकीहरु प्रत्यक्ष प्रभावित हुनेछन र त्यसमा नेपालीको संख्या पनि ठुलो हुन सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार