८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल एयरलाइन्सको विमानमार्फत हङकङबाट काठमाडौं आएका दुई चिनियाँ नागरिकले ८ किलो सुन लुकाएर ल्याइएको भेटिएको थियो ।

उनीहरुले आफ्नो भित्री वस्त्रमा फल्स बटम बनाएर ४, किलो सुन लुकाएर ल्याएको पाइएको छ । विमानस्थल भन्सार कार्यालयले गएराति जाँच गर्दा सुन बरामद गरेको हो ।

पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् । उनीहरुलाई गए राति नै प्रहरी महानगरीय बृत्तमा राखिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार