तिहारको पाँचौं दिन आज भाइटीका, टीकाको साइत बिहान ११: ५५

काठमाडौँ । तिहारको पाँचौं दिन आज भाइटीका मनाईदैछ । भाइटिकाको शुभसाईत मध्याह्न ११ बजेर ५५ मिनेटमा भएपनि बिहानैदेखि दिदीबहिनीले आफ्ना दाजुभाईलाई टिका र माला लगाउदै उपहार, माया र आर्शिवाद लिने दिने गरिरहेका छन् ।

बिषेशगरि, दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै हिन्दु परम्पराअनुसार सप्तरङ्गी टीका लगाई मखमली, सयपत्री लगायतका मालाहरु लगाउदै मनाइँदैछ ।

टिका माला ग्रहण गरि दाजुभाइले आफ्नी दिदीबहिनीहरुको पूजा गर्नाले शुभआशिष ,अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक मान्यता छ ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई मिठा खानेकुरा, ओखर, फलफुल एवं सेलरोटीलगायतका खानेकुरा दिने गर्छन भने दाजुभाइले आफ्नी दिदीबहिनीलाई गच्छेअनुसार उपहारका सामाग्री र रुपैंया पैसा दक्षिणा दिने गर्दछन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार