बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबालाई धरौटीमा छाड्न आदेश

काठमाडौं । आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्न आदेश दिएको छ । उनलाई तीन लाख धरौटीमा छाड्न न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले आदेश दिएको हो ।

आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको उजुरी परेपछि गत मंसिर १६ गते उनलाई आईसीयुबाट प्रहरीले पक्राउ गरेको थियो । कार्तिक ४ गते ति महिलाले आफुलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् ।

तर अदालतले उनलाई तीनलाख धरौटीमा छाड्न आदेश दिएको छ । बाबाले आफुले ति महिलालाई बलात्कार नगरेको दाबी गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार