फिल्ममा प्रहरीलाई नकारात्मक रुपमा प्रस्तुत नगर्नुस– आईजीपी खनाल

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाली चलचित्रहरुमा प्रहरीलाई नकारात्मक रुपमा प्रस्तुत गरिदै आएको गुनासो गरेका छन् ।

सोमबार आयोजित १० औं नेफ्टा अवार्ड घोषणा समारोहमा बोल्दै आइजीपी खनालले चलचित्रमार्फत देखाइने बिषयबस्तुले समाजमा महत्त्वपूर्ण प्रभाव पर्ने भएकाले प्रहरीलाई सधै नकारात्मक रुपमा नदेखाउन आग्रह गरे ।

चलचित्रहरुमा प्रहरीलाई नकारात्मक रुपमा प्रस्तुत गर्दा समाजले पनि प्रहरीलाई सोही रुपमा हेर्ने गरेकाले सकारात्मक भूमिकामा प्रस्तुत गरिदिन उनले आग्रह समेत गरे ।

प्रहरीलाई लिएर सकारात्मक बिषयमा नेपाली चलचित्रहरु बनाइएमा संगठनले आवश्यक सहयोग गर्ने समेत आइजीपी खानालले कार्यक्रममा बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार