सांसदहरुको कोराना परीक्षण सुरु

 

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुकाे कोरोना परीक्षण आजबाट सुरु भएको छ । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले उनीहरुको कोरोना परीक्षण गर्न लागिएको हो ।

राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरुको परीक्षण संघीय संसद भवनकै ल्होत्से हलबाट गरिएको बताइएको छ । सबै पीसीआर विधिबाट परीक्षण गरिने भएकाले सबै सांदको स्वाब आजै संकलन गरीसक्ने बताइएको छ ।

त्यस्तै संसदका कर्मचारी, मर्यादापालक र पत्रकारको पनि स्वाब संकलन गरेर  परीक्षण गरिने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार