कसैको गुटमा नलाग्न कार्यकर्ताहरुलाई रामचन्द्र पौडेलको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा कसैको गुटमा नलाग्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।
शनिबार बिहान काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै पौडेलले देउवा वा पौडेल पक्ष कसैसँग नटासिन कार्यकर्ताहरुलाई आग्रह गरेका हुन ।

“अब १४औं महाधिवेशनमा प्रजातान्त्रिक अभ्यास राम्रोसँग गरौं । कोहि पनि मेरो पक्ष र तेरो पक्षमा नटासियौं । मैले सबैलाई भनेको छु, तपाईंले देउवालाई पनि नसमात्नुस्, पौडेललाई पनि नसमात्नुस् । कांग्रेस समात्नुस्, रुख समात्नुस्, लोकतन्त्र समात्नुस्, संघीय लोकतान्त्रिक गणतन्त्र समात्नुस्,” उनले भने ।

कांग्रेसभित्र निष्ठावान सदाचारी स्वच्छ इमेज भएका ब्यक्तिहरु हुँदाहुँदै पनि जनतामा कांग्रेसको गलत सन्देश गएको पौडेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार