सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाको एक लाख नाघ्यो


काठमाडौं । नेपाली  बजारमा सुनको  मूल्यले ऐतिहासिक रेकर्ड राखेकको छ ।  मंगलबार ९९ हजार ८ सयमा कारोबार भएको सुन बुधबार एक लाख एक हजार चार सय रुपैयाँ पुगेको छ ।

सुनको मूल्य एक लाख नाघेको यो ऐतिहासिक रेकर्ड हो । पछिल्लो समय सुन अनपेक्षित रूपले बढ्दै गएको छ।

आज चाँदीको मूल्य १२ सय ९५ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढिरहेकाले नेपाली बजारमा पनि महंगो भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार