सिन्धुली हुँदै सुदूरपश्चिम पुगेर फर्केका संघीय संसद सचिवालयका प्रवक्तालाई पनि कारोना


काठमाडौं । संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेमा कोरोना संक्रमण पाइएको छ । प्रवक्ता पाण्डेले आफ्नो रिर्पोट पोजेटिभ आएको बताएका छन् ।  गत मंगलबार वीर अस्पतालमा उनको स्वाव संकलन गरिएको थियो ।

सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई साताअघि वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म पुगेर फर्केको थियो ।

उक्त टोलीमा रहेका सांसद यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रवक्ता पाण्डेसहितका सचिवालयका ८ जना कर्मचारीमा पनि कोरोना परीक्षण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार