सुशान्तको मृत्युप्रकरणमा बोल्दै आएकी बलिउड नायिका कंगनाको घर तोडफोड


भारत । बलिउड चर्चित नायिका कंगना रनौतको घर तोडफोड गरिएको छ । बृहन्मुम्बई महानगरपालिका (बीएमसी)को एक टिमले बुधबार दिउँसो १२ बजेतिर कंगनाको घर र अफिस तोडफोड गरेको हो ।

मुम्बईको बांद्रास्थित पाली हिलमा रहेको उनको अफिस अवैध ढंगले बनेको भन्दै बीएमसीले तोडफोड गरेको हो । अवैध रुपमा बनेको उनको अफिसबारे नगरपालीकाले २४ घण्टे अल्मिेटम दिएको भारतय संचारमाध्यमहरुले जनाएका छन् ।

कंगनाको अफिस तोडफोडका लागि डोजरसहित नगर प्रहरीहरु गएका छन् । यसअघि सोमबार बीएमसीको एक टिम गएर कंगनाको उक्त अफिस अवलोकन गरेको थियो ।

बीएमसीको उक्त कार्यको कंगनाले कडा शब्दमा विरोध गरेकी छन् । उनले आफ्नो कार्यलय तोडफोड गर्दै गरेका तस्बिर आफ्नो सामाजिक संजालमा पोष्ट गर्दै प्रजातन्त्रको मृत्यु (डेथ अफ डेमोक्रेसी) भनेर लेखेकी छन् । जुन ह्याज ट्याग टुइटरको ट्रेण्डिङमा आएको छ ।
बीएमसीविरुद्ध कारवाही गर्न उनले उच्च अदालतमा निवेदन दिएकी छन् । जसको आज सुनुवाई हुदैछ ।

कंगनाले सामाजिक संजालमा उक्त घटनालाई पाकिस्तान प्रशासित कश्मीरसंग तुलना समेत गरेकी छन् ।

कंगना आफ्नो गृहजिल्ला हिमाअंचलबाट मुम्बई फर्किदै
नायिका कंगना रनौत आफ्नो गृहजिल्ला हिमाअंचलबाट आज मुम्बई फर्किदैछन् । “यस्तो कठिन समयमा म मुम्बई जानका लागि एयरपोर्ट जाँदैछु, तर महाराष्ट्र सरकार र उसका गुण्डाहरु मेरो सम्पत्तीलाई अवैधरुपमा तोडफोड गर्दैछन्” , कंगनाले टुइट गरेकी छन् ।

सुशान्तको न्यायको पक्षमा कंगना
बलिउडका लोकपृय नायक सुशान्त राजपुत सिंहको मृत्यु प्रकरणलाई लिएर नायिका कंगना बोल्दै आएकी छन् । गत जुन १४ तारिखमा आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा मृत भेटिएका सुशान्तको न्यायका लागि कंगनाले आवाज उठाउँदै आएकी छन् ।

सुशान्तले आत्महत्या गरेको भनिए पनि उनको हत्या भएको हुन सक्ने भन्दै उनको परिवार र स्वयम बलउडभित्रैबाट गम्भिर अनुसंन्धान हुनुपर्ने माग उठ्दै आएको छ ।

२५ जुलाईमा सुशान्तका बुवाले पनि आफ्नो छोरोको हत्या भएको भन्दै पटनाको राजीवनगर थानामा सुशान्तकी पूर्वप्रेमिका अभिनेत्री रिया चक्रवर्तीविरुद्ध उजुरी दिएका थिए।

भारतको लागुऔषध नियन्त्रण ब्यूरो (एनसिबी) ले अभिनेत्री रिया चक्रवर्ती, उनका शौविक चक्रवर्ती र सुशान्तका पूर्वम्यानेजर स्यामुअल मिरान्डालाई पक्राउ गरि अनुसंन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार