कोरोनाबाट मृत्यु हुनेको संख्या विश्वमा ९ लाख नाघ्यो


काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वमा ९ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म ९ लाख ८ हजार जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै संक्रमित संख्या २ करोड ८० लाख २२ हजार २ सय ७६ पुगेको छ । कोरोनाबाट सबै भन्दा बढी प्रभावित मुलुकमा अमेरिका पहिलो स्थानमा छ भने दोश्रो र तेश्रो स्थानमा क्रमशः ब्राजिल र भारत छन्।

संक्रमणबाट अमेरिकामा हालसम्म १ लाख ९० हजार बढी मानिसको मृत्यु भइसकेको छ भनेर संक्रमित संख्या ६३ लाख पुगेको छ।
यस्तै ब्राजिलमा मृतक संख्या १ लाख २७ हजार नाघेको छ भने भारतमा ७४ हजारको नजिक पुगेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार