शिक्षा मन्त्रालयले विद्यालय र विद्यार्थीलाई निशुल्क इन्टरनेट दिने तयारी


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय र विद्यार्थीलाई निशुल्क इन्टरनेट उपलब्ध गराउने तयारी गरेको छ । वैकल्पिक विधिबाट पठनपाठन सहजीकरणका लागि निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने तयारी गरेको हो ।

मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेको छ । निशुल्क इन्टरनेटका लागि मन्त्रालय आफैले नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी सम्झौता गर्न तयारी गरेको छ ।

मन्त्रालयले सेवा प्रदायकहरुसँग छलफल पनि सुरु गरिसकेको बताएको छ ।  कोरोना महामारीका कारण विद्यार्थीको पठन पाठनमा समस्या भएको भन्दै सरकारले यस्तो कदम चालेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार