सुन खानीमा पहिरो जाँदा ५० जनाको मृत्यु


काठमाडौं । एक सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा रहेको एक सुन खानीमा शनिबार पहिरो जाँदा ५० जनाको मृत्यु भएको हो ।

केहि दिन देखि लगातार वर्षा भइरहेकाले घटनाको विषयमा अनुसन्धान भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण किवु प्रान्तको कमितुगा सहरमा केहि दिन देखि लगातार भारी वर्षा भइरहेको छ ।

पीडितहरूमध्ये केही बालबालिका र अधिकांश युवाहरु रहेका छन्। खानीमा पुरिएर मृत्यु भएकाहरुको शवहरु निकाल्ने काम भइरहेको छ ।
खानीका लागि खनिएका तीन वटा गहिरा खाडलमा पानी पसेका कारण पहिरो जाँदा उनीहरूको मृत्यु भएको पनि बुझिएको छ । कमितुगा सहरका मेयर अलेकज्यान्डर बुन्ड्याले घटनापछि दुई दिनको शोक अवधिको घोषणा गरे।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार