भारत हल्लाइरहेकी कंगनाले न्यायका लागि महाराष्ट्रका राज्यपाललाई भेटिन,मुख्यमन्त्री ठाकरेले दिए चेतावनी


भारत । बलिउड चर्चित नायिका कंगना रनौतले महाराष्ट्रका राज्यपाल भगत सिंह कोश्यारीसंग भेटघाट गरेकी छन् ।
मुम्बईस्थित आफ्नो घरमा बृहन्मुम्बई महानगरपालिका (बीएमसी) ले तोडफोड गरेको चार दिनपछि आइतबार दिउँसो कंगनाले
राज्यपाल कोश्यारीलाई भेटेकी हुन् ।

बहीनी रंगोली रनौतलाई लिएर राज्यपालको कार्यालय पुगेकी कंगनाले आफुा माथि अन्याय भएकाले न्याय पाउनुपर्ने बताएकी छन् ।
उनले राजनीतिसंग आफुलाई कुनै मतलब नभएको तर आफ्नो घर तोडफोडका साथै आफुसंग गरिएको अभद्र व्यवहारका बिषयका राज्यपाल कोश्यारीलाई जानकारी गराएकी छन् ।

उनले भारतिय संचारमाध्यमलाई भेटबारे जानकारी दिदैं आफुले न्याय पाउने आशा समेत ब्यक्त गरेकी छन् । कंगना महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेको वीडियो कॉन्फ्रेंसिंग सकिएको दुईघण्टापछि राज्यपाललाई भेट्न गएकी थिइन ।

मुख्यमन्त्री ठाकरेले आफ्नो संवोधनमा कंगनाको नाम नलिइ महाराष्ट्रमा चलिरहेको राजनीतिबारे आफु राम्रोसंग जानकार भएको बताएका थिए । महाराष्ट्रमा भइरहेको गतिविधीबारे अहिले नबोलने तर आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् ।

कंगनाले आफ्नो घरमा तोडफोड भएपछि उनले मुख्यमन्त्रीप्रति निकै आक्रोष पोखेकी थिइन । उनले आफ्नो सामाजिक संजालमार्फत मुख्यमन्त्रीलाई आफ्नो घरमा गुण्डा पाएको भन्दै तुच्छ भाषाका आक्रोष पोखेकी थिइन ।

कंगनाले शिव सेना र मुख्यमन्त्री ठाकरेलाई ठाडो भाषामा आफ्नो प्रतिकृया दिएपछि अहिले उक्त अभिब्यक्तीले भारतभर कंगना निकै चर्चामा छिन् । शिव सेना र ठाकरे परिवारप्रति अहिलेसम्म यो स्तरको अभिब्यक्ती न कुनै पार्टी, न कुनै नेता वा ब्यक्तिले दिएका थिए कंगना पहिलो ब्यक्ति हुन् ।

कंगनाले बलिउड नायक सुशान्तको मृत्यु प्रकरणमा बलिउडबाट एक्लैले न्ययका लागि चर्को आवाज उठाइरहेकी थिइन् । सुशान्तलाई न्याय दिलाउन नसकेको भन्दै कंगनाले ठाकरे सरकारको चर्को आलोचना गर्दै आएकी थिइन् । त्यहि बिषयलाई लिएर ठाकरे र कंगनाबीच टक्कर चलिरहेका बेला उनको घरमा आक्रमण भएपछि समस्या झन चर्किएको छ ।

बीएमसीले भदौ २४ गते मुम्बईको पाली हिलमा रहेको उनको घर तोडफोड गरेको थियो । घरमा रहेको मणिकर्णिका फिल्म्सको अर्पाटमेन्टमा डोजर लगाएर क्षती पुर्याइएको थियो । अवैधरुपमा घरको केहि भाग निर्माण गरिएको भन्दै उक्त भाग तोडिएको थियो ।

जुन कदम बिरुद्ध कंगनाले सोहि दिन उच्च अदालमा निवेदन दिएपछि बीएमसीले बिचकै काम रोकेको थियो । अदालतले उक्त कदमलाई गलत भन्दै तुरुन्त रोक्न आदेश दिएको थियो । बीएमसीले गरेको तोडफोडबाट कंगनाको घरमा २ करोडको क्षती भएको बताइएको छ ।

 

यो पनि पढ्नुस

सुशान्तको मृत्युप्रकरणमा बोल्दै आएकी बलिउड नायिका कंगनाको घर तोडफोड

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार