एसिड पीडितको उपचार र औषधी खर्च अब सरकारले व्यहोर्ने

काठमाडौं । एडिस आक्रमणमा परेका पीडितहरुको उपचार र औषधीको सबै खर्च अब सरकारले व्यहोर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले एसिड आक्रमणकारीलाई सजाय, आयात निर्यात र बिक्री वितरणका लागि नयाँ ऐन बनाउने निर्णय गरेको बताएका छन् ।

त्यस्तै सरकारले पीडितको उपचार खर्च र जीवनभर प्रयोग गर्नु पर्ने औषधीको खर्च आफैले व्यहोर्ने निर्णय गरेको छ। यसका साथै सरकारले त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन र कीर्तिपुर अस्पताललाई डेडिकेटेड अस्पताल तोकेको छ। त्यस्ता पीडितको उच्च शिक्षा  र क्षमता अनुसारको रोजगारी दिन सरकारले समन्वय गर्ने छ ।

सरकारले भदौ २५ गतेलाई एसिड आक्रमणविरूद्धको चेतना दिवसका रूपमा पनि मनाउने निर्णय गरेको छ।

एसिड आक्रमण भइसकेपछि अस्पताल लैजाने समयसम्म के गर्नुपर्छ भन्ने विषयमा जानकारी दिनका लागि मुख्य सचिवको संयोजकत्वमा समिति पनि गठन गर्ने निर्णय सररकारले गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार