कुलमानको समर्थनमा प्रदर्शन गर्नेलाई पानीको फोहोरासहित प्रकाउ 

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशमा कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै आज माइतीघरमा प्रदर्शन गरिएको छ । कुलमानका समर्थकले पुन नियुक्तिको माग गर्दै प्रदर्शन गरेका हुन् ।

कोरोना महामारीका कारण सरकारले निषेध आन्दोलन जुलुस गर्न प्रतिबन्ध लगाएको भएपनि युवाहरुको समूहले भने प्रदर्शन गरेको छ । उक्त प्रदर्शन रोक्नका लागि प्रहरीले पानीको फोहोरा समेत हानेको थियो ।

प्रदर्शनकारीलाई प्रहरीले सडक छेउमै हस्तक्षेप गरेर लखेटेको छ । प्रहरीले भने जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेश अनुसार माइतघरमा भेला गर्न नदिएको बताएको छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भदौ २९ देखि विदाइ भएका छन् । तर उनलाई पुनः नियुक्ति गर्नुपर्ने भन्दै सडक र सामाजिक सञ्जालबाट दबाब बढेको छ ।

यो पनि हेर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार