प्रधानमन्त्री ओलीले दिए भारतीय प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । मोदीको आज ७० औं जन्मदिनको अवसरमा ओलीले ट्वीटरमार्फत् शुभकामना दिएका हुन् ।

शुभकामना सन्देशमा ओलीले दुई देशबीचको सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्ने पनि बताएका छन् ।

समकक्षी मोदीलाई मेन्सन गर्दै ओलीले लेखेका छन्, ‘तपाईंको जन्मदिनको शुभअवसरमा हार्दिक बधाई । म तपाईंको सुख र सुस्वास्थ्यको कामना गर्दछु । हामी हाम्रा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनका लागि मिलेर काम जारी राख्नेछौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार