सम्झनाको बलात्कारपछि हत्याबारे गृहमन्त्रीको ध्यानाकर्षण, गृहमन्त्रीले के भने ?


काठमाडौं । बझाङकी १२ बर्षीय सम्झना कामीको बलात्कारपछि हत्या भएको घटनाबारे गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गराइएको छ ।
सोमबार अखिल नेपाल महिला संघले सम्झना लगायत देशभर महिलामाथि भइरहेका बलात्कार, कुटपिट, हत्याका घटनाबारे गृहमन्त्री बादललाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो ।

सम्झाना लगायत देशैभरी भएका बलात्कार, हत्या हिंसाका घटनाबारे निषपक्ष अनुसंन्धानगरी दोषीलाई हदैसम्मको कारवाही गर्न ज्ञापनपत्रमार्फत अखिल नेपाल महिला संघद्धारा माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बादलले घटनाका दोषीलाई कानुन वमोजिम कडा कारवाही गर्न कुनै कसुर बांकी नराख्ने आश्वासन दिएको बझाङबाट प्रतिनिधित्व गर्ने सांसद आशा बिकले अनमोलपोस्टलाई बताइन् ।

छलफलमा गृहमन्त्री बादलले देशभर भइरहेका बलात्कारका घटनाबारे सरकार गम्भिर रहेको र यस्ता घटना न्युनिकरणका लागि कानुन संशोधन गरी फाँसीसम्मको सजाय गरिनुपर्ने देशैभरीबाट सुझाव आइरहेको समेत बताए ।

बलात्कारका घटना निन्युकरण गर्न फाँसीसम्मको सजायका लागि विभिन्न क्षेत्रमा घनिभुत ढंगले छलफल आवश्यक रहेको गृहमन्त्रीको भनाई छ ।

ज्ञापनपत्रसहित गृहमन्त्रीको ध्यानाकर्षण गराउन गएको टोलीमा बझाङबाट प्रतिनिधित्व गर्ने सांसद भैरव सिंह, आशा बिक, संविधान सभा सदस्य अफिलाल ओखेडा, अखिल महिला संघ संयोजक अमृता थापा, सहसंयोजक सीता पौडेल लगायतको सहभागिता थियो ।

बझाङको मष्टा गाउँपालिका-२ की सम्झनाको असोज ७ गते साँझ बलात्कार गरि हत्या गरेको अवस्थामा शव मन्दिरमा भेटिएको थियो ।
उक्त घटनामा संलग्न रहेको भन्दै स्थानिय राजेन्द्र बोहोरालाई प्रहरीले पक्राउगरी अनुसंन्धान गरिरहेको छ ।

पक्राउ परेका बोहोराले डेढ महिनाअघि सोही गाउँकी अर्की १४ बर्षीय दलित बालिकाका पनि बलात्कार गरेको प्रहरी अनुसंन्धानमा खुलेको छ । बझाङ प्रहरीका अनुसार उक्त घटना भने गाउँमै कागज गरेर मिलाइएको थियो । पीडित बालिकाले अहिले उजुरी दिएकी छन् ।

(तस्बिरः आरोपित राजेन्द्र बोहोरा र उनले साउन २९ गते गाउँकै दलित बालिकालाई बलात्कार गर्दा गाउँमै मिलाइएको कागज । )

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार