निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धान तीब्र रुपमा भइरहेको छ : आईजीपी थापा

काठमाडौँ ।  प्रहरी महानिरीक्षक शैलेश थापाले निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धान तीब्र रुपमा अगाडि बढीरहेको बताएका छन् । उनले अनुसन्धान छिट्टै निष्कर्षमा पुग्ने गरी काम भइरहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले उक्त घटनाको अनुसन्धान कहाँ पुगेको छ भन्ने समितिलाई जानकारी दिन भनेपछि महानिरीक्षक थापाले घटनाको बारेमा यसतो जनाकारी दिएका हुन् ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको २०७५ साउन १० गते बलात्कार तथा हत्या भएको र ११ गते शव भेटिएको थियो ।

घटना भएको दुइ वर्ष वितिसक्दा पनि  अझै हत्यारा पत्ता लगाउन सकिएको छैन् । निर्मलाको हत्या भएदेखिनै यो विषयमा देशभर निकै ठुलो विरोध समेत भएको थियो ।

तर अहिलेसम्म पनि घटना कस्ले गरेको हो भन्ने कुरा खुल्न सकेको छैन् । सरकारले घटनाको अनुसन्धानका लागि पटक पटक टोली पठायो, प्रहरी अधिकृतको सरुवा गर्यो तर पनि घटनाको टुंगो लाग्न सकेन ।

फेरि उक्त घटनाको अनुसन्धान गर्नका लागि प्रहरी प्रधान कार्यालयले अधिकृत पठाइएको छ । महानिरीक्षक थापाले टोलीले त्यहाँ अनुसन्धान गरिरहेको समितिलाई जानकारी दिए । उनले निर्मला पन्तको अनुसन्धानमा खटिएका अधिकृत अहिले बझाङको सम्झना कामीको बलात्कार तथा हत्याको अनुसन्धान गर्नका लागि सहयोगीको रूपमा केही दिनका लागि खटाइएको पनि जानकारी दिए ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार