पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना पुुष्टि


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।उनलाई शनिवार कोरोना पुष्टि भएको हो । शुक्रबार बेलुकी ज्वरो आएपछि स्वाब परीक्षण गराउँदा रिर्पोट पोजेटिभ आएको उनले बताएका छन् ।

“गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिबार पुन कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भरखरै जानकारी पाएको छु”, मन्त्री भट्टराईले सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।

उनले यसबीचमा आफ्नो सम्पर्कमा आएकालाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गर्न आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार